citizens life insurance long ad
stcnepal long ad

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ ।

नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जारी सुरक्षा स्थितिलाई ध्यानमा राख्दै कात्तिक ७ गतेका लागि निर्धारित काठमाडौं-दमाम-काठमाडौं उडानहरू रद्द गरेको हो ।

यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै काठमाडौं-दमाम र दमाम-काठमाडौैंका उडान रद्द गरिएको निगमले जानकारी दिएको छ ।

निगमले साउदी अरेबियाको सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको र परिस्थितिमा सुधार आएपछि आगामी उडानहरूबारे अद्यावधिक जानकारी गराइने जनाएको छ ।

IME Life
kumari