सेञ्चुरी बैंकको वितरण योग्य नाफा साढे ९१ करोड

आर्थिक सञ्जाल २०७७ वैशाख २८ गते आइतबार
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सेञ्चुरी बैंकको वितरण योग्य नाफा ९१ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो नाफा गत वर्षको यस अवधिमा ६१ करोड ६ लाख वितरण योग्य नाफा कमाएको थियो । गत वर्षभन्दा यस वर्ष बैंकको नाफा करिब ५० प्रतिशत बढी भएको हो ।
बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार यस वर्ष गत वर्षभन्दा सञ्चालन नाफा ४५ प्रतिशतले बढेर १ अर्ब २६ करोड ९२ लाख पुगेको छ । बैंकले गत वर्षभन्दा १४ प्रतिशत बढी २ अर्ब २५ करोड १५ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । बैंकको चुक्ता पूँजी रू.८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रहेको छ भने जगेडा कोषमा रू. १ अर्ब ७९ करोड ९१ लाख भन्दा बढी कायम भएको छ । जगेडा कोष रकम ७८ दशमलव ३७ प्रतिशत बढी कायम भएको छ ।
हाल यस वर्ष बैंकले ५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार निक्षेप संकलन गरेको छ भने ५८ अर्ब १० करोड ९५ लाख ६० हजार कर्जा प्रवाह गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको निक्षेप २ दशमलव ४९ प्रतिशत कम भएको छ भने १ दशमलव ७८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष १ दशमलव ५३ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष भने २ दशमलव १९ प्रतिशत कायम भएको छ । यस अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी १४ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ १२९ दशमलव ७२ रहेको छ ।