stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

१९ अर्ब ३२ करोडको लागत, बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्ग चार वर्षभित्र सम्पन्न गरिने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । लामो समयदेखि चर्चामा रहेको बहुप्रतिक्षित भीमफेदी–कुलेखानी सुरुङमार्ग आयोजना निर्माण गर्न बजेट सुनिश्चित भएको छ ।

बाग्मती प्रदेश सरकारको गौरवको आयोजनामध्येको भीमफेदी–कुलेखानी सुरुङमार्गको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण तयार भएसँगै परियोजनाका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गरेको छ ।
बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आइतबारको मन्त्रिस्तरको निर्णयबाट आयोजनाको स्रोत सुनिश्चित गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले निर्णयपछि आइतबार नै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै बहुवर्षीय योजना अन्तर्गत बजेट सुनिश्चित गरेको जनाएको छ ।
सुरुङमार्ग अन्तर्गत दुई लेनको सुरुङ, सुरुङसम्म पुग्ने पहुँच मार्गलगायतका संरचना निर्माण, सुपरीवेक्षण परामर्श सेवा र आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण समेत गरी आयोजना सम्पन्न गर्न १९ अर्ब ३२ करोड पाँच लाख ७६ हजार पाँच सय रुपियाँ लाग्ने अनुमान गरिएको छ ।
सुरुङमार्ग आयोजना आगामी चार आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले सुरुङमार्गका लागि आयोजनाको डीपीआर निर्माणसँगै बजेट सुनिश्चित भएको बताउँदै अब छिट्टै बोलपत्र आव्हान गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, चालु आर्थिक वर्ष भित्रै अन्तर्राष्ट्रिय बोलपत्र आव्हान गर्ने गरी तयारी गर्ने छांै । तीन दशमलव १७ किलोमिटरको सुरुङ मार्ग लगायतका संरचना डिजाइन र निर्माण विधिअन्तर्गत निर्माण हुने आर्थिक मामिला तथा योजना मन्त्रालयको पत्रमा उल्लेख छ ।
सुरुङ मार्गअन्तर्गत दुई लेनको सुरुङ, सुरुङसम्म पुग्ने पहुँच मार्ग लगायतका संरचना निर्माण गर्न १८ अर्ब ७२ करोड सात लाख ७६ हजार पाँच सय रुपियाँ बहुवर्षीय योजना अन्तर्गत विनियोजन हुने भएको छ ।
आयोजनाको पहिलो वर्ष आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि दुई अर्ब, दोश्रो वर्ष आर्थिक वर्ष २०७८/०७९ र तेश्रो वर्ष आर्थिक वर्ष २०७९/०८० का लागि छ–छ अर्ब प्रदेश सरकारले विनियोजन गर्ने भएको छ । यस्तै चौथो वर्ष अर्थात अन्तिम वर्ष आर्थिक वर्ष २०८०/०८१ मा सुरुङ मार्ग आयोजनाका लागि प्रदेश सरकारले चार अर्ब ७२ करोड सात लाख ७६ हजार पाँच सय रुपियाँ विनियोजन गर्ने जनाएको छ ।
यसैगरी पोष्टबहादुर बोगटी सुरुङ मार्ग आयोजनाको सुपरीवेक्षण परामर्श सेवाका लागि ५७ करोड ५८ लाख रुपियाँ चार आर्थिक वर्षमा खर्च गर्ने गरी बजेट सुनिश्चित भएको छ । भीमफेदी–कुलेखानी सुरुङ मार्ग आयोजनाको आयोजना प्रभावित क्षेत्रको मुआब्जा वितरण गर्न अनुमानित दुई करोड रुपियाँ विनियोजन गरिने भएको छ ।
यही वैशाखभित्रैबाट निर्माण सुरु गर्ने गरी आयोजनाको सर्भे, डिजाइनर डीपीआर निर्माण लगायतका काम गत मङ्सिरबाट सुरु गरिएको थियो ।
प्रस्तावित सुरुङमार्ग मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकाको वडा नम्बर ६ र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी जोड्ने गरी निर्माण हुने छ ।
बाग्मती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक सहदेव भण्डारीले आयोजनाका लागि स्रोत सुनिश्चित भएसँगै बोलपत्र आव्हान लगायतका निर्माण प्रक्रिया अगाडि बढाउन सहज भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार साढे सात–साढे सात मिटर चौडाइको दुई वटा सुरुङ मार्ग निर्माण हुने छ ।
आयोजनाको ड्रोनको सहयोगमा टोपोग्राफिकल सर्भे, आयोजनास्थलको माटो परीक्षण, जियोफिजिकल सर्भेलगायतका काम पूरा भएको छ ।
प्रदेश सरकार गठन भएसँगै भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढाए पनि गत आर्थिक वर्षमा काम सुरु भएन र विनियोजित बजेट खर्च हुन सकेन ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रस्तावित आयोजनाको सर्भे र डिजाइनको काम एक करोड २० लाख रुपियाँ विनियोजन गरेको छ ।
प्रस्तावित सुरुङमार्गमा ग्यास र पेट्रोलियम पदार्थको पाइपलाइनसँगै अत्यावश्यक पर्दा प्रयोग गरिने सिङ्गललेनको अर्को सुरुङसमेत निर्माण गर्ने गरी डिजाइन गरिने भएको छ ।

सुरुङमार्गको पहुँचमार्गको रुपमा दक्षिणतर्फ हाल प्रयोगमा रहेको भैंसै–भीमफेदी सडक तथा उत्तरतर्फ सिस्नेरी–दक्षिणकाली सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक प्रयोगमा ल्याइने भएको छ । आजको गोरखापत्र दैनिकबाट

 

prabhu mahalaxmi
kumari