stcnepal long ad
ime life insurance
national life
global ime bank long

लक डाउनमा बैंक तथा वित्तीय खोल्न यी नियम पालना गर्नुपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार

काठमाडाैं । केन्द्रीय बैंकले लक डाउनमा बैंक तथा वित्तीय संस्था खोल्न तथा सवारी साधन पासका सम्बन्धमा नयाँ निर्देशन दिएको छ । सरकारले वैशाख २६ गतेदेखि एक तिहाई कर्मचारी राखेर बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न दिएसँगै केन्द्रीय बैंकले सूचना जारी गरेको हो ।

बैंकिङ सेवा सुचारु गर्न बैंकका प्रधान कार्यालयले कुल सवारी साधनमध्ये बढीमा २५% सम्म चलाउन अनुमति दिनु पर्नेछ । जसमा सवारी नम्बर, सवारी उपयोग गर्नेको नाम, जानु–आउनु पर्ने स्थान तथा समय तोकी पत्र उपलब्ध गराउनुपर्ने छ ।

सकेसम्म कम कर्मचारीलाई काममा प्रयोग गर्न पनि राष्ट्र बैंकले भनेको छ । यसका लागि सिफ्ट बनाएर काम गर्न र मिलेसम्मको काम घरबाट गर्न भनिएको छ । कार्यालय जाने कर्मचारीका लागि आवश्यक सुरक्षाको न्यूनतम उपायहरु प्रयोग गर्नुपर्नेछ । अनलाइन कारोबारलाई प्राथमिकता दिन पनि भनिएको छ ।

IME Lifesidebar
kumari