stcnepal long ad
ime life insurance
global ime bank long

अब घरबाटै डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सकिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार

काठमाडाैं । एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेका ग्राहकहरुले घरमै बसी अनलाइन मार्फत डिम्याट खाता र मेरो सेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् ।

यससँगै एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंकका हितग्राही खाताधारकहरुले इसेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत नविकरण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

यसका साथै, एनआईसी एशिया बैंक को अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले यस क्यापिटलको नाममा एनआईसी एशिया बैंकमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ मा उक्त नविकरण शुल्क सोझै भुक्तानी गर्न सकिनेछ ।

साथै, खाताधारकहरुले उक्त नविकरण शुल्क भुक्तानी गर्दा आफ्नो हितग्राही खाता नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ ।

prabhu mahalaxmi
kumari