stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा विकास बैंकको गरिमा डिजिटल बुटवल मा अब नेपाल पे ब्यूआर उपलब्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको मोबाईल बैकिङ्ग (Garima Digital Batuwa) बाट अब NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

बैंकका ग्राहकहरुले Garima Digital Batuwa App को प्रयोग गरेर बिभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको NEPALPAY QR स्क्यान गरी QR मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै बैंकले NEPALPAY QR मा विभिन्न मर्चेन्टहरु आबद्ध गराउने कार्यको पनि थालनी गरेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको NEPAL QR स्ट्याण्डर्डको मूल पूर्वाधारको रुपमा NEPALPAY QR स्थापना र सञ्चालनमा आएको हो,जस अन्तर्गत सदस्य बैंक वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै स्कीमको रुपमा र मर्चेन्ट वा अन्य QR स्कीम सँग अन्तर आबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।

बैंकका व्यापारिक ग्राहकहरु मर्चेन्टको रुपमा आबद्ध भएर आफ्ना ग्राहकहरुबाट Garima Digital Batuwa अथवा NEPALPAY QR मा आबद्ध अन्य मोबाईल बैङ्गिक एप वा वालेट एप मार्फत सिधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

यसरी गरिमा विकास बैंकको मोबाईल बैङ्गिकमा NEPALPAY QR जोडिदा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप बृद्धी हुने आशा गरिएको छ साथै डिजिटल भुक्तानी यस बैंकको प्राथमिकता पनि रहेको छ । गरिमा विकास बैंकले नेपालभरी १२१ वटा शाखा कार्यालयहरु र ५१ एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ।

 

IME Lifesidebar
kumari