नेप्सेद्धारा नबिल इक्विटी र ब्यालेन्स्ड फन्डको कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई फन्डको कारोबार फुकुवा गरिदिएको छ । अब उप्रान्त यस्तो कमिकमजोरी नगर्ने आग्रह गरेपछि नेप्सेले नबिल ब्यालेन्स्ड फन्ड २ र नबिल इक्वीटी फन्डको कारोबार फुकुवा गरिदिएको हो ।
यसअघि यी दुवै फन्डको व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङले लाभांश सम्बन्धी निर्णयको जानकारी गराउन विलम्ब गरेपछि नेप्सेले कारोबार रोक्का गरेको थियो । नियम अनुसार मूल्य सम्वेदनशील सूचना तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने हुन्छ ।
तर, नबिलले भने मंगलबार असोज ३ गते बिहान १० बजे लाभांश सम्बन्धी निर्णय गरेपनि नेप्सेलाई भने बुधबार असोज ४ गते मात्र जानकारी गराएको थियो ।
नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल इक्विटी फन्डका इकाईधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ५ प्रतिशत नगद लाभांश (प्रतिफल) दिने निर्णय गरेको थियो ।
यस्तै, नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीहरुलाई पनि करसहित ७५ नगद दिने निर्णय गरेको थियो ।