बैंकहरूले व्याजदर बढाए
काठमाडौं । बैंकहरुले धमाधम दोर्याएर ब्याजदर सार्वजनिक गर्न थालेका छन् । असोज महिनाका लागि केही बैंकहरुले ब्याजदर सार्वजनिक गर्दा दशमलवपछि ३ अंक राखेर सार्वजनिक गरेसँगै अहिले अधिकांश बैंकहरुले पनि उक्त ब्याजदरलाई अनुशरण गर्दै दोर्याएर ब्याजदर सार्वजनिक गरेका छन् ।
गत भदौ ३१ धेरै बैंकले मुद्दती निक्षेपमा १२.१३प्रतिशत ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरे तर केही बैंकले भने दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरेका थिए ।
जसअनुसार केही बैंकले १२ देखि १३.३प्रतिशत ब्याजदर कायम गरेका थिए । केही बैंकले ब्याजदर निर्धारणमा चलाखी गरेसँगै निक्षेप खोसिने डरमा अहिले बैंकहरुले धमाधम दशमलवपछि ३ अंक राख्दै ब्याजदर सार्वजनिक गरेका छन् ।
बुधबारमात्रै आधा दर्जनभन्दा बढी बैंकले दशमलवपछि ३ अंक राखेर दोर्याएर ब्याजदर प्रकाशित गरेका छन् ।
बुधबार हिमालयन बैंक, मेगा बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, सिभिल बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक लगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।






















