citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

सानिमा बैंकले कोरोना रोकथाम कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडौं । सानिमा बैंकले कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । जस अन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ ।

केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारलाई १० लाखका दरले ७० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो ।

 

 

बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

 

gold
himalayan life insurance long ad
kumari bank