stcnepal long ad
global ime bank long

राष्ट्रपति भण्डारीद्वारा दुवै अध्यादेश खारेज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १२ गते शुक्रबार

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छिन्। आज दिउँसो मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन्।

चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणिकरण गरेकी थिइन्।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

IME Lifesidebar
kumari