ज्योति विकास बैंकको सीइओबाट ज्ञवाली बाहिरिए

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार
काठमाडौँ । ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मनोज ज्ञवालीले उक्त पदबाट राजीनामा दिएका छन् । २ वर्ष अघि ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त ज्ञवालीले कार्यकाल पूरा नहुँदै ज्योति विकास छाड्ने निर्णय गरेका हुन् ।
सीईओ ज्ञवालीले बैशाख १५ देखिदेखि बैंक छाड्ने बताए । नेपाल राष्ट्र बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्यहाँ ७ वर्ष काम गरे, त्यसपछि ग्लोबल आईएमई बैंकमा काम गरेका थिए ।
पछिल्लो समय ज्योति विकासमा सीईओ रहेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्स समेत हुन् ।