stcnepal long ad
ime life insurance
global ime bank long

लेकसाईड पोखरामा गरिमा विकास बैंकको शाखा 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

 

काठमाडौं । गरिमा विकास बैंकले पोखराको लेकसाईडमा लेकसाईड शाखा कार्यालयको औपचारिक उदघाटन नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. डिल्लीराम पोखरेलले गरेका थिए ।
उक्त शाखा कार्यालयको उदघाटन कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले गण्डकी प्रदेशमा स्थापना भई राष्ट्रिय स्तरमै उत्कृष्ट विकास बैंकको रुपमा स्थापित गरिमा विकास बैंक लिमिटेडले पोखरा क्षेत्रको औद्योगिक, व्यवसायिक तथा पर्यटन क्षेत्रको विकासमा सदैव सहकार्य गर्दै आईरहको र लेकसाईड शाखा स्थापना पश्चात त्यस क्षेत्रको विकासमा हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंकले व्यवसायको विस्तार संगसंगै आधुनिक प्रविधिको प्रयोगमा विशेष जोड दिदै आएको, संस्थागत सुशासनलाई सदैव प्राथमिकतामा राखेको र सामाजिक क्रियाकलापहरुमा जिम्मेवारी वहन गर्दै आएको कारणबाट उत्कृष्ट संस्थाको रुपमा स्थापितहुन सफल भएको बताउँदै सम्पूर्ण आधुनिक सुविधा सहित स्थापित लेकसाईड शाखा कार्यालयबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुविधा प्राप्त गर्ने बताए ।
गरिमा विकास बैंकले काठमाडौं उपत्यका भित्र ११ वटा शाखा सहित देशभर ९१ शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले ०७६ माघ ५ गतेसम्म ३७ अर्ब ६० करोड निक्षेप संकलन गरी करिब ३३ अर्ब ६० करोड कर्जा लगानी गरेको छ ।

prabhu mahalaxmi
kumari