एनआइसी एसिया बैंकका सातै प्रदेशमा कुन–कुन शाखाबाट कारोबार हुन्छ आज ? (सूचनासहित)

आर्थिक सञ्जाल वैशाख ७, २०७७ आइतबार
काठमाडौं । देश लकडाउनमा छ । तर पनि मानिसका दैनिक आवश्यकता पूरा गर्नका लागि पैसा चाहिन्छ । यस्तो विषम परिस्थितिमा बैंकहरुले दैनिकरुपमा विभिन्न ठाउँका शाखाहरु खोलेर आर्थिक कारोबार गरिरहेका छन् । एनआइसी एसिया बैंकले आज वैशाख ७ गते देशका सातै प्रदेशका विभिन्न ठाउँका शाखाहरु खोलेर कारोबारलाई निरन्तरता दिने भएको छ ।
देशकै सबैभन्दा धेरै शाखा सञ्जाल भएको एनआइसी एसिया र्बैंकले सातै प्रदेशमा गरेर २७ शाखाबाट सेवा दिने भएको हो । आज शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खोल्ने बैंकले जनाएको छ । प्रत्येक शाखामा उपस्थित हुने कर्मचारीहरुको नाम र फोन नम्बरसमेत राखेर बैंकले सूचना प्रकाशित गरेको छ । आज सातै प्रदेशका कुन–कुन शाखा खुल्छन्, हेर्नुहोस् सूचनामा ।