stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आजदेखि एनआईसी एशिया बैंक २५ औँ वर्षमा प्रवेश गरेको छ ।

२५ वर्षको अवधिमा यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले आ.व. २०७८/७९ मा खुद मुनाफा तर्फ रू ४.५३ अर्ब आर्जन गर्न सफल भएको छ । जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो ।

यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ । प्रति शेयर आम्दानी तर्फ रू. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ । निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ । बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत रहेको छ ।

prabhu mahalaxmi
kumari