stcnepal long ad
global ime bank long

एनआईसी एशिया बैंकका कार्डबाट अनलाइन सामान खरिद गर्दा १० प्रतिशत छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख १, २०७७ सोमबार

काठमाडौं । एनआईसी एशिया बैंक विभिन्न अनलाईन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट हुने भएको छ ।

मेरो किराना अनलाईनमा रहेको डराजका साथै विगमार्ट उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र उक्त चार वटा अनलाईन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको छ ।

बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकले उक्त मात्रामा छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

लकडाउनको समयमा ग्राहक महानुभावहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त होस् भन्ने अभिप्रायले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवा शुल्क नलाग्ने समेत बनाएको छ ।

यसका साथै यस बैैकका ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ्ग तथा कार्ड प्रयोग गरी नेपाल भरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा अधिकतम ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नु हुनेछ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरूप बैंकले यस्तो योजना ल्याएको हो ।

IME Lifesidebar
kumari