stcnepal long ad
global ime bank long

सिटिजन्स बैंक ऋणपत्र २०८६ बाँडफाँट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको  रु. २ अर्ब ५० करोड बराबरको ऋणपत्र “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” बाँडफाँट गरेको छ । उक्त बैंकले रु. २ अर्ब ५० करोड बराबरको प्रति डिबेन्चर रु १ हजारमा जारी गरेको थियो ।

अंकित मूल्यका २५ लाख कित्ता डिबेन्चर मध्ये सामूहिक लगानी कोषका लागि संरक्षण गरिएको ५० हजार कित्ता मध्ये ३० हजार कित्ता डिबेन्चर बाँडफाँट भई बाँकि २४ लाख ७० हजार कित्ता डिबेन्चर व्यक्तिगत तवर तथा सर्वसाधारणको लागि मिति २०७६/११/२० गतेदेखि मिति २०७६/१२/०४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोेमा रितपूर्वक आवेदन दिनु हुने ३ सय १७ जना आवेदकहरु मध्ये सर्वसाधरण समूहका आवेदकहरु सम्पूर्णलाई निजहरुले आवेदन गरे बमोजिम डिबेन्चर बाँडफाँट गरेको हो ।

साथै व्यक्तिगत तवर मार्फत आवेदन गर्नेको हकमा आंशिक बाँडफाँटमा नपरेका डिबेन्चर वापत बाँकि रकम आवेदकहरुले आफ्नो आवेदनमा उल्लेख गरेको बैंक खातामा मिति २०७६/१२/३० गते आइतबारदेखि आइपीएस मार्फत सिधै बैंक खातामा रकमान्तर गरिने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिनबैंकिङ्ग सेवादिँदै आएको छ ।कोरोना भाइरस महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

साथै उक्त बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ ।

बैंकद्वारा कोरोना रोकथामकालागि १ लाखको सहयोग प्रदान
कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु रु १लाख सहयोग गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेलाबैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । यस अघि पनि कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा रु ४९लाख सहयोग गरेको थियो ।

IME Lifesidebar
kumari