stcnepal long ad
global ime bank long

लकडाउन उल्लघंन गर्ने २१४६ जना नियन्त्रणमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २८, २०७६ शुक्रबार

काठमाडाैं । काठमाडाैं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ६१ महिला सहित  २१ सय ४६  जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  ३ सय ७१ वटा दुई पाङ्ग्रे र १६ वटा चारपाङग्रे गरी ३ सय ८८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडाैंबाट सबैभन्दा बढि १८ सय ३३ जनालाई नियन्त्रणमा लिएको छ ।

यसै गरी ललितपुरबाट २ सय ३९ र भक्तपुरबाट ९२ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनु भयो ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई आग्रह गर्नु भयो ।

IME Lifesidebar
kumari