stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

हिराको उपहार योजनाको चौथो लक्की ड्र विजेताहरुको नाम घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं, ५ माघ– सनफ्लो सनफ्लावर तेल “सनफ्लोमा पकाऔं मीठो परिकार, साथमा पाऔं हिराको हार उपहार” योजना अन्तर्गत चौथो लक्की ड्र कार्यक्रम अन्तर्गत हिराको हार र हिराका अन्य उपहार विजेताहरुको नाम घोषणा गरिएको छ । चौथो लक्की ड्र अन्तर्गत पाल्पाका खिमबहादुर बि.कले हिराको नेकलेस जितेका छन् । त्यसैगरी पेप्सीकोलाका सौरभ श्रेष्ठ र विराटनगरका न्रमता राईले हिराको लकेट जितेका छन् । बसुन्धाराका जुनु श्रेष्ठ र पाल्पाका केशमाया पुनले हिराको टप जितेका छन् । विजेताहरुको नाम इमेज च्यानलमा प्रत्यक्ष प्रसारण गरी घोषणा गरिएको थियो ।
के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर सञ्चालनमा ल्याएको छ । यो योजना गत २३ अक्टुबर २०१९ देखि शुरु भई सीमित अवधिका लागि मात्र लागु रहने कम्पनीले जनाएको छ ।
यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा १ लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नु पर्नेछ र प्याकेटमा भएको १० अंकको नम्बर टाइप गरी ३१००८ मा एसएमएस पठाउनु पर्नेछ । लक्की ड्र मार्फत १ जना विजेताले हिराको हार, २ जना विजेताले हिराको टप र २ जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एक जना भाग्यशाली विजेताले बम्पर लक्की ड्र मार्फत योजनाको अन्तिममा हिराको नेकलेस सेट जित्न सक्नेछन् । ग्राहक महानुभावहरुलाई सनफ्लो सनफ्लावर तेलको अत्यधिक उपभोग गरी यो योजनाको लाभ उठाउनु भई विजेता बन्ने सुअवसर प्राप्त गर्नु हुन पनि कम्पनीले आग्रह गरेको छ ।

prabhu mahalaxmi
kumari