citizens life insurance long ad
stcnepal long ad

प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

बलेवा । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा बैंक खातामा भेटी दान जम्मा गर्न सकिने भएको छ । प्रभु बैंकले क्युआर कोड सेवा सुचारु गरेपछि उक्त मन्दिरमा नगद कारोबारलाई विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रणाली प्रवर्द्धन गरिएको हो ।

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका प्रमुख डा. रामशरण खरेलले नेपालको बैङ्किङ क्षेत्रको आर्थिक कारोबारमा विद्युतीय माध्यम मार्फत सरलता र सहजता आएको बताए ।

 

 

 

खरेलले प्रभु बैंक र फोन–पे को संयुक्त पहलमा मुक्तिनाथ मन्दिर परिसर, बारागुङ मुक्ति क्षेत्रमा हुने भेटी दानको लागि नगदै बोक्नुपर्ने झन्झट हटेको बताए । प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले बैंकले सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकलाई समय सापेक्ष नवीनतम बैङ्किङ सेवा प्रवाहमा कटिबद्ध रहेको बताए ।

रानाले अत्याधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै समग्र भक्तजनरुको चाहनालाई पहिलो प्राथमिकतासहित गुणस्तरीय एवं विश्वसनीय बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको बताए ।

प्रायः मठमन्दिरमा चढ्ने भेटिका कारण नोटको आयु घट्ने गरेकाले नोट बचाउन पनि यो प्रविधिको प्रयोग उपयुक्त रहेको बैंकको बुझाइ छ ।

IME Life
kumari