stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 ७ करोड ३८ लाख नोक्सानमा सप्तकोशी डेभलपमेन्ट बैंक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अइपुग्दा सप्तकोशी डेभलपमेन्ट बैंक ७ करोड ३८ लाख ४४ हजार रुपैयाँ नोक्सानमा छ । गत वर्षको यसैअवधिमा यसले ४ करोड २५ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंक सञ्चालन नोक्सानमा गएको छ भने खराब कर्जा ह्वातै बढेको छ । यसले खुद नाफा प्रभावित भएको छ । साथै, इम्पेरिमेन्ट चार्ज पनि बढेको छ ।

यसअवधिमा बैंक ७ करोड ५८ लाख १२ हजार रुपैयाँ सञ्चालन नोक्सानमा छ । खराब कर्जा ७.८७ प्रतिशत ले बढेर १०.७२ प्रतिशत पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८० पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ०८ पैसा छ ।

prabhu mahalaxmi
kumari