stcnepal long ad
global ime bank long

राष्ट्र बैंकमा गभर्नरको निलम्बन विरोधमा कालो ब्यानर झुण्ड्याउँदै विरोध जनाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको विरोध गरिएको छ । राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटारम कालो ब्यानर झुण्ड्याउँदै विरोध जनाएको हो ।

राष्ट्र बैंकको कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्ड्याइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वत्तता माथिको नाङगो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोकल्पित आरोपमा गभर्नर माथी शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर’, ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्कालै विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ ।

कालो ब्यानर झुण्ड्याउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब जब राज्य सञ्चालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन तब तब नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए ।

हालको गभर्नर माथिको आक्रमण नयाँ नभई यो भन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्याक्रमहरुमा उत्रने गरेको बताए ।

उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, बरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, बालुवाटार र थापाथली समितिका पदाधिकारी तथा सदस्यहरु, सम्पूर्ण साधारण सदस्यहरु, समर्थकहरु, शुभेच्छुकहरु तथा आम कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

IME Lifesidebar
kumari