citizens life insurance long ad
stcnepal long ad

आज कर्णाली डेभलमेन्ट बैंकको साधारण सभा

सेयरधनीलाई छैन लाभांश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज फागुन २० गते शुक्रबार कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा बस्दैछ । कर्णालीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । यसले गत वर्ष पनि लाभांश वितरण गरेको थिएन । सभामा बैंकको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा कल्पतरु होटल, नेपालगञ्जमा दिउँसो १ बजे जुम मार्फत सुरु हुनेछ ।

सभा प्रयोजनका लागि कर्णालीले माघ २८ गतेदेखि फागुन २० गते बुक क्लोज गरेको छ । माघ २७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

IME Life
kumari