नेपाल बैंकले ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान
काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले फागुन २० गते शुक्रबार ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
जसमा बैंकले सहायक प्रवन्धकमा ६२ जना कर्मचारी माग गरेको छ । यस्तै, आइटीतर्फको सहायक प्रवन्धकमा ५ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रवन्धकमा १५ जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रवन्धकमा १ कर्मचारी माग गरेको हो ।
त्यस्तै, विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा १९६ कर्मचारी माग गरिएको छ । जसअन्तर्गत प्रदेश एक का लागि ४० जना, प्रदेश दुईका लागि २८, तीनका लागि ४२, चारका लागि २६, पाँचका लागि ३५, प्रदेश ६ का लागि १३ र सातका लागि १२ जना सहायक पदमा कर्मचारी माग गरिएको छ ।
सबै पदमा महिला, आदिबासी तथा जनजाति, मधेसी, दलित, अपांग तथा पिछडिएका क्षेत्रका लागि आरक्षण छुट्याइएको छ । योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


























