stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ज्योति विकास बैंकले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले ११ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले गत पुस ८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।

गत पुस ८ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । ज्योति विकास बैंकको गत पुस २३ गते सम्पन्न साधारण सभाले ११ प्रतिशत बोनस सेयर र ८.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । ज्योति विकास बैंकले यसअघि नै नगद लाभांश भने खातामा पठाइसकेको छ ।

prabhu mahalaxmi
kumari