stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

श्री नबिल इन्भेष्टमेण्ट बैंकिंगको Infinity Portfolio Management Service संचालनमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले अँग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी Infinity Portfolio Management Service संचालनमा ल्याएको छ ।

यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले बार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल रु. २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ । Non-Discretionary प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने छैन ।

यो लगानी व्यवस्थापन सेवामा दक्ष Portfolio Analyst तथा गहन विश्लेषण, Research को आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिश गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिन्छ ।

व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर लिईनेछैन भने लगानी गरिएको रकम वाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिनेछ ।

यो सेवामा प्रवेश गर्न चाहने लगानीकर्ताले आफुसंग भएको नगद रकम वा शेयरको मुल्यांकन (क्तयअप ख्बगिबतष्यल) गराई प्रवेश गर्न सकिनेछ र यो सेवा सम्बन्धि अन्य जानकारीको लागि कम्पनीको ईमेलः-Stock Valuation_ फोन नम्बर ४४११६०४, ४४११७३३Ext. 134/141 मा सम्पर्कको लागि अनुरोध गरेको छ ।

विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको बिभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिनुभएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि अर्थात् जनवरी २०२२ महिना भरिको लागि मात्र यो सुविधा दिईने भएकोले यसबाट पनि पूर्ण फाइदा लिनु हुनेछ भन्ने हामीले ठानेका छौ ।

 

prabhu mahalaxmi
kumari