citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंककाे साधारण सभाबाट लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को लाभांश अनुमोदन गर्दै प्रभु बैंकको २० औँ वार्षिक साधारण सभा गत आइतबार सम्पन्न भएको छ।

काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल १२.६३ प्रतिशत लाभांश पारित भएको जनाएकाे छ। जसमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश रहेकाे छ।

सभाले १२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेपश्चात बैंकको चुक्ता पुँजी रु. १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ पुगेको छ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने, गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिदसम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने र सो सम्बन्धी समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ।

बैंकको सञ्चालक समितिका अध्यक्ष लीला प्रकाश सिटौलाको अध्यक्षतामा बसेको बैंकको वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

यसका साथै सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ।

देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६१ वटा एक्सटेन्सन काउन्टर कार्यालय, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालयसहित देशभर फैलिएको बैंकिङ सञ्जालका माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

 

IME Life
kumari