stcnepal long ad
global ime bank long

युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती नष्ट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका-३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको अगुवाइमा स्थानीइ प्रशासनले गत भदौ १५ गते हेटौँडा उपमहानगरपालिका–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट उक्त चिया बरामद गरेको हो ।

उद्योग अनुगमनका क्रममा प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका र लेबल स्पष्ट नभएको चियापत्ती फेला पारेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा सञ्चारकर्मीको रहोवरमा चिया नष्ट गरेको हो । नष्ट गरेको चियापत्ती झण्डै रु एक करोड ८० लाख बराबरको रहेको बताइएको छ ।

IME Lifesidebar
kumari