आज मंसिर २९ गते बैंक अफ काठमान्डूको साधारण सभा
काठमाडौं । आज मंसिर २९ गते बैंक अफ काठमान्डूको साधारण सभा बस्दैछ । सभा प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । साधारण सभामा बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रमुख एजेन्डा पेश गर्दैछ ।
बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले सभा प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । मंसिर ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।






















