citizens life insurance long ad
stcnepal long ad

सिभिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद थप

Nimb long ad
Prabhu Insurance Long Ad
काठमाडौं । सिभिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ। गत मंसिर २४ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गरेको छ।
अब यो ऋणपत्रमा पुस ९ गतेसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। यसअघि छिटोमा मंसिर २८ गतेसम्म आवेदन दिने म्याद थियो।
निष्कासित कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।
सिभिल बैंकले निष्कासन गर्ने यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउने छन्।
यस ऋणपत्रमा नेपाल धितोपत्रबाट इजाजत प्राप्ति सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
सीडीएससीको मेरो सेयरबाट पनि आवेदन दिन मिल्छ। लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १ लाख इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्ड गत असोज २५ गते निष्कासन अनुमति दिएको थियो।
IME Life
kumari