वाणिज्य बैंक तथा वित्तिय कम्पनीहरुले ब्याजदर बढाएनन्
काठमाडौं । वाणिज्य बैंकहरुसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि पुस महिनामा निक्षेपको ब्याजदर नबढाउने सहमति गरेका छन् ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका छाता संगठनले अनौपचारिक छलफलमा उक्त सहमाति गरेका छन् । तथापि, धेरैजसो विकास बैंकबाट निक्षेपको ब्याजदर स्थिर राख्ने प्रस्ताव आए पनि एकाधले भने असहमति जनाएको बुझिएको छ।
तर सबै जसो बैंकर्सहरूले व्याजदर नबढाउन सहमति गरेपछि सोही अनुसार पुसको ब्याजदर पनि सार्वजनिक भएको छ । उनीहरुले ब्याजदर बढाएका छैनन् ।
तथापि, एकाधले भने ब्याजदर बढाउने सूचना सार्वजनिक गरेका छन् । धेरै विकास बैंकले एक वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.२५ प्रतिशत ब्याजदर सार्वजनिक गरेका छन् ।
संस्थागत मुद्दति निक्षेपमा ८.२५ प्रतिशत र साधारण निक्षेपमा ५.२५ प्रतिशतसम्म ब्याजदर प्रकाशन गरेका छन् । यता धेरै फाइनान्स कम्पनीहरूले पुस महिनाका लागि एक वर्षे व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम १०.३५ प्रतिशत ब्याजदर प्रकाशन गरेका छन् ।
संस्थागत मुद्दती निक्षेपमा ९.३५ प्रतिशत र साधारण निक्षेपमा ५।३५ प्रतिशत सम्म ब्याजदर सार्वजनिक गरेका छन् ।






















