stcnepal long ad
global ime bank long

बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जाको अवस्था यस्तो छ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जा परिचालनको अवस्था स्थिर देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकबाट यस्तो देखिएको हो।

गत शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। साताको पहिलो दिन गत आइतबारसम्म पनि बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९२ अर्ब रुपैयाँ नै रहेको छ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी पनि स्थिर नै देखिएको छ। गत शुक्रबार कुल कर्जा लगानी ४५ खर्ब ९२ अर्ब रुपैयाँ रहेकोमा गत आइतबार पनि ४५ खर्ब ९२ अर्ब रुपैयाँ नै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

वाणिज्य बैंकहरुको पनि कुल निक्षेप स्थिर नै देखिएको छ। गत शुक्रबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ रहेको थियो।

गत आइतबार पनि कुल निक्षेप ४२ खर्ब २३ अर्ब रुपैयाँ नै रहेको छ। कुल कर्जा लगानी पनि गत शुक्रबार ४० खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा गत आइतबार पनि सोही स्थितिमा रहेको छ।

बैंकहरुको औसत सीडी रेसियो भने गत शुक्रबार तुलनामा बढेर गत आइतबार ९१.२६ प्रतिशत पुगेको छ। गत शुक्रबार औसत सीडी रेसियो ९१.२४ प्रतिशत थियो। अन्तर बैंक ब्याजदर पनि स्थिर नै रहँदै ४.९६ प्रतिशत रहेको बताइएको छ।

IME Lifesidebar
kumari