citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

लक डाउनमा बैंकहरुले ग्राहकलाई कसरी दिने सेवा ? यस्तो आयो केन्द्रीय बैंकको सर्कुलर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७६ चैत्र १२ बुधवार

काठमाडौं । केन्द्रीय बैंकले लक डाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक हितका लागि पालना गर्नुपर्ने ९ बुँदे निर्देशन जारी गरेको छ ।

जसमा बैंक तथा वित्तीय संस्थाहरुले सकेसम्म विद्युतीय कारोबारलाई प्रोत्साहित गर्नुपर्नेछ । यसैगरी, एटीएममा पर्याप्त मात्रामा नगद राख्नुपर्नेछ । यसको निगरानी व्यवस्था पनि प्रभावकारी बनाउनुपर्नेछ ।

स्थानीय तहमा पनि सकेसम्म कम कर्मचारीबाट सेवा प्रभावकारी रुपमा दिनुपर्नेछ । बैंकका शाखा खुल्ने समय वा सो शाखा नखुलेमा नजिकको अर्को शाखा खुल्ने समय वा स्थानका बारे पनि प्रष्ट जानकारी गराउनुपर्नेछ ।

लघुवित्त कम्पनीहरुलाई समेत सकेसम्म सहज तरिकाले स्थानीय प्रशासनसँग समन्वय गरी काउन्टर खोलेर सेवा दिन भनिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank