stcnepal long ad
global ime bank long

नबिल बैंकले बाढीपीडितका लागि रक्तदान कार्यक्रम आयोजना गर्‍यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नबिल बैंकले रसुवाको भोटेकोसी र त्रिशूली बाढीपीडितका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले बैंकले सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममार्फत १३६ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रम बाढीका कारण प्रभावित क्षेत्रमा उत्पन्न हुनसक्ने स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको हो ।

कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो । एक जिम्मेवार संस्थाका रूपमा नबिल बैंक पीडित समुदायसँग ऐक्यबद्धता जनाउँदै पीडितहरूको साथमा उभिएको बैंकका प्रमुख मानव संशाधन अधिकृत दिवस कार्कीले बताए ।

“रसुवाको भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीका कारण भएको घटनाले हामी सबैलाई मर्माहत बनाएको छ । यस रक्तदान कार्यक्रममार्फत हामी जारी मानवीय सहायता कार्यमा योगदान पुर्‍याउनुका साथै यस कठिन घडीमा जीवन बचाउने प्रयासहरुमा सहयोग गर्न चाहन्छौँ,” कार्कीले भने ।

संकलित रगत सम्बन्धित रक्तसञ्चार सेवामा तथा आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रका बिरामीको उपचारमा उपयोग गरिनेछ ।

नबिल बैंकले विपद्को समयमा समुदायप्रतिको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई थप प्रभावकारी बनाउँदै प्रभावित नागरिकको सहयोगमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

IME Lifesidebar
kumari