citizens life insurance long ad
stcnepal long ad

‘कामना सेवा फुटसल कप–२०२१’ प्रतियोगिता आयोजना गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ‘स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंक लि.ले पुषको दोस्रो हप्तादेखि पहिलो ‘कामना सेवा फुटसल कप–२०२१’ प्रतियोगिता आयोजना गर्ने जनाएको छ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्।

उक्त प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन खेलपाटी डट कमले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (एन्फा) फुटसल कमिटीमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवर्द्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले बताएका छन। कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

IME Life
kumari