citizens life insurance long ad
stcnepal long ad

पुस २२ मा एचआईडीसीएलको वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आफ्नो १० औं वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनी सञ्चालक समितिको आज मंसिर २० गते बसेको बैठकले वार्षिक साधारण सभा आगामी पुस २२ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको हात्तीसारस्थित कम्पनीको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुने जनाएको छ।

सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तावित कुल ८.४२१ प्रतिशत लाभांश अनुमोदन गर्ने जनाएको छ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश रहेको छ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले आगामी पुस ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुने बताइएको छ।

IME Life
kumari