citizens life insurance long ad
stcnepal long ad

गायक तथा कलाकार प्रकाश सपुतलाई प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा निरन्तरता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाली सांगीतिक क्षेत्रका ख्यातिप्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुतलाई प्रभु बैंक लिमिटेडले थप अवधिका लागि आफ्नो ब्रान्ड एम्बास्डरमा निरन्तरता दिने निर्णय गरेकोे छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा गायक तथा कलाकार सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिनेसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

प्रभु बैंकले गत वर्षदेखि नै सपुतलाई आफ्नो ब्रान्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंक ब्रान्ड एम्बास्डरमा निरन्तरता दिने जनाएको छ।

नेपाली सांगीतिक आकाशका उज्ज्वल नक्षत्रका रुपमा ख्यातिप्राप्त गायक एवं श्रोता तथा दर्शकको अत्याधिक रुचिमा पर्न सफल सपुत प्रभु बैंकको ब्रान्ड एम्बास्डरमा थप अवधिका लागि नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने र प्रभु बैंकको यस किसिमको पहलकदमीबाट नेपालको कलाकारिता क्षेत्रको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको जनाएको छ।

IME Life
kumari