citizens life insurance long ad
stcnepal long ad

काभ्रेको खोपासीमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका १० नं. वडा कार्यालयको आयोजना तथा नेपाल बैंक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा हिजो शनिबार बाल आदर्श मा.वि. खोपासीमा डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उदघाटन प्रमुख अतिथि पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले पानसमा बत्ती बालेर गरेका थिए।

विशिष्ट अतिथिका रुपमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहेका कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, नेपाल बैंकका बागमती प्रादेशिक कार्यालयका प्रमुख विनयकेशरी पौड्याल, नेपाल बैंक मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, विभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधि लगायतका अतिथिहरुका साथै खोपासी आसपासका करिब ३०० भन्दा बढी स्थानीय बासिन्दा, व्यापारी, व्यवसायी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मेयर न्यौपानेले निकै ठूलो प्रयासपछि मात्र सो क्षेत्रमा नेपाल बैंकको शाखा स्थापना भएको सस्मरण गर्दै यस क्षेत्रका बासिन्दालाई डिजिटल वित्तीय चेतना अभिवृद्घि गर्न डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रमा सञ्चालन गरेकोमा नेपाल बैंकलाई धन्यवाद दिएका थिए।

यसका साथै त्यस क्षेत्रका बासिन्दाको वित्तीय आवश्यकता पूरा गर्न नेपाल बैंकले थप नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै जाने विश्वास पनि उनले व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपाल बैंकले खोपासी क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यस क्षेत्रका बासिन्दाले नेपाल बैंकप्रति देखाएको अपार विश्वासप्रति कृतज्ञता प्रकट गरेका थिए।

उनले नेपालको पहिलो बैंकका रुपमा रहेको नेपाल बैंकले ग्राहकको चाहनाअनुसार प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराएको र यसबाट लाभान्वित हुन सबैमा आग्रह गरेका थिए।

कार्यक्रममा बैंकका मार्केटिङ तथा अनुुसन्धान डिभिजन प्रमुख कँडेलले डिजिटल बैंकिङको आवश्यकता, महत्व एवं यसका जोखिमहरुका बारेमा प्रकाश पारेका थिए।

IME Life
kumari