नेपाल एसबीआई बैंकको लाभांश घोषणा
काठमाडौं। नेपाल एसबीआई बैंकले कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका् नाफाबाट ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।























