stcnepal long ad
global ime bank long

एकदिनमै रु. १० अर्बले बढ्यो निक्षेप, सीडी रेसियो ९०% भन्दा तल झर्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु निक्षेप संकलन एक दिनमै १० अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत कात्तिक २९ गते बैंक तथा वित्तीय संस्थाहरु कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते बढेर ४८ खर्ब १ अर्ब रुपैयाँ भएको छ।

यो एक दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। गत कात्तिक २९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते ४२ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको बताइएको छ।

यो एक दिनमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत कात्तिक २९ गते कुल कर्जा ४० खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा कात्तिक ३० गते घटेर ४० खर्ब ३६ अर्ब रुपैयाँमा झरेको छ।

बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी भने स्थिर रहेको छ। कात्तिक ३० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी भएको बताइएको छ।

निक्षेप बढेसँगै सीडी रेसियो ९० प्रतिशतभन्दा मुनि झरेको छ। कात्तिक ३० गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८९।९१ प्रतिशतमा झरेको छ। गत कात्तिक २९ गते औसत सीडी रेसियो ९०.१४ प्रतिशत रहेको थियो। अझै पनि १२ वटाभन्दा बढी बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको केन्द्रीय बैंकले जनाएको छ।

IME Lifesidebar
kumari