stcnepal long ad
global ime bank long

बैंक तथा वित्तीय संस्थालाई सम्झौता गर्न आउन राष्ट्र बैंकको आह्वान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षणपत्र धितो कारोबार सम्बन्धी सम्झौता गर्न आउन आह्वान गरेको छ ।

राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा उपभोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकसँग यस किसिमको सम्झौता गर्नुपर्ने हुन्छ ।

यो सुविधा उपभोग गर्न चाहने बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र सम्झौता गर्न आउन राष्ट्र बैंकले सूचना जारी आह्वान गरेको छ।

यसैगरी राष्ट्र बैंकबाट सञ्चालन गरिने खुला कारोबार तथा ब्याजदर कोरिडोर अन्तर्गत रिपोट, रिभर्स रिपो एवं ओभरनाइट रिपोटमा सहभागी हुने बैंक तथा वित्तीय संस्थालाई मास्टर रिपर्चेज एग्रिमेन्ट गर्न आउन पनि राष्ट्र बैंकले सूचना जारी गरेको छ ।

यसअघि सम्झौता गरिसकेका बैंक तथा वित्तीय संस्थाले समेत पुनः सम्झौता गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

IME Lifesidebar
kumari