stcnepal long ad
global ime bank long

धनुषा जिल्ला अदालतमा लक्ष्मी बैंकको एक्स्टेन्सन काउन्टर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्नो आठौँ एक्स्टेन्सन काउन्टर जनकपुुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको जनाएको छ। यस नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाले अदालतका सेवाग्राहीले सहजरूपमा अदालतमा कोटफि,धरौटी रकम राख्न, अन्य शुल्क बुझाउने सेवा पाउने छन।

लक्ष्मी बैंकको ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु रहेको छ।

यसका साथै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ।

यो एक्स्टेन्सन काउन्टरको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइका माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको सो बैंकले जनाएको छ।

IME Lifesidebar
kumari