नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश पारित गर्न मंसिर २९ गते वार्षिक साधारण सभा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लाभांश पारित गर्न मंसिर २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
निफ्राको साधारण सभा अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजे बस्नेछ । साधारण सभा प्रयोजनका लागि मंसिर ९ गते बुक क्लोज हुनेछ ।
तसर्थ, मसिंर ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।