citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

तरलता होइन,एकल अंकको व्याजदर कायम गर्ने दबाब

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

अहिले बैंकिङ क्षेत्रमा तरलताको अभाव भएको संकेत देखिएको छैन । तरलताको अभाव भए अन्तर बैंक ब्याजदरमा बढनु पर्दथ्यो तर त्यो बढेको छैन । अन्तरबैंक ब्याजदर ५ प्रतिशत मात्र छ। अन्य ब्याजदर बृद्वि नेपाल राष्ट्र बैंकले रोेकेको छ ।

तरलताको संकटको अवस्था हुने स्थिती थियो भने अन्तरबैंक ब्याजदर ७र८ प्रतिशत पुगेको हुने थियो । तर अहिले पनि ५ प्रतिशत भन्दाकमै छ । यसलाई तरलताको संकट भन्न मिल्दैन । तलरता अभाव भएको हो भने त्यसको सूचना आउनु पर्थ्यो, त्यो पनि आएको छैन ।

यो कुरा नेपाल राष्ट्र बैंकका गभर्नर, कुनै बैंकको सीइओ, कुनै विज्ञले भनेर मात्र हुँदैन । त्यसका लागि बजारले सूचना दिनुपर्छ ।

त्यो सूचना अन्तर बैंक ब्याजदर हो । त्यो ५ प्रतिशतभन्दा तल छ । धेरै अभाव थियो भने बजार प्यानिक हुनुपर्ने थियो । त्यो भएको छैन । त्यसैले यो तरलताको संकट होइन । तरलता अभाव बजारले संकेत गर्छ र बजारले नै समस्या भयो भने समाधान पनि गर्छ । अहिले बजारलाई संकेत गर्न पनि नदिने, समाधान गर्न पनि नदिने अवस्था सिर्जना भएको छ ।

अहिले बैंकहरुले राम्रो काम गरिरहेका छन् । करिब २ वर्ष कोरोना महामारीको संकट भयो । त्यो समयमा आर्थिक गतिविधि रोकिएका थिए । कोरोनाविरुद्धको खोप आएपछि आत्मविश्वास बढ्यो र आर्थिक गतिविधि बढ्न थालेको छ । बैंकहरुले पनि बिस्तारै कर्जा दिन थालेका छन ।

कोरोनापछि अर्थतन्त्र तंग्रदै गरेको अवस्थामा बैंकहरुले कर्जा दिन थालेका हुन् । जुन राम्रो हो,दिनु पनि पर्छ । निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ । अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ । त्यो काम बैंकहरुले गरे,कर्जा दिए,आर्थिक गतिविधिलाई सहयोग गरे । जसले रोजगारी सिर्जनामा राम्रो प्रभाव परेको छ ।

सरकारले पनि राजस्व संकलन गरिरहेको छ,रोजगारी पनि सिर्जना भइरहेको छ, बजारमा वस्तु तथा सेवा उपलब्ध भैरहेको छ । त्यसका पछाडि वित्तीय स्रोतले काम गरेको छ । त्यो भएन भने निजी क्षेत्रले काम गर्न सक्दैन । त्यसैले बैंकले जे गर्नुपर्ने थियो । त्यो गरिरहेका छन् ।

आर्थिक गतिविधि बढेका बेला कर्जाको माग बढछ,बजारले स्रोतको परिचालन गर्नुपर्छ । बचत स्रोत घरमा रहेको , अनावश्यक हुने खर्चलाई बजारमा ल्याउन आवश्यक छ । त्यो काम ब्याजदरले गर्ने हो । व्याजदर बढेमा बैंकमा निक्षेप आउँछ। जसले स्रोतको गलत प्रयोग हुनबाट रोक्छ ।

बढी प्रतिफल दिने क्षेत्रमा लगानी जानु स्वभाविक हो, बजारले संकेत ब्याजदर मार्फत् गर्छ । समस्याको समाधान भनेकै ब्याजदर हो । बैंकहरुले ब्याजदर बढाउन थालेका थिए,त्यो सामान्य हो ।

यस्तो बेला प्रतिष्पर्धा भएन, ब्याजदर थोरै बढेन भने कुन बेला बढछ त रु मन्दिको बेला व्याजदर बढदैन । आर्थिक गतिविधि बढेको बेलामात्रै माथि जाने हो । यो भनेको प्राकृतिक नियमनै हो ।

नीति निर्माताहरुले बजारलाई अप्रत्यक्षरुपमा हस्तक्षेप गर्नुपर्ने हुन्छ । बजारमा पैसा पठाएर, खुला बजार कारोबार गरेर, ब्याजदर करिडोर मार्फत् वा अन्य वित्तीय सहयोग गरेर गर्न सकिन्छ । यसरी बजारलाई आफ्नै लयमा काम गर्न दिने र नीति निर्माताले सहयोग गर्नुपर्छ ।

हामीसँग ब्याजदर करिडोरको व्यवस्था छ । कर्जा धितो अनुपात पनि छ । यसलाई चलाएर बजारलाई काम गर्न दिने र नीति निर्माताले बजारलाई सहयोगी र सकारात्मक हस्तक्षेप गरेर अर्थतन्त्रलाई अघि बढाउनु पर्छ ।

ब्याजदरलाई नै कन्ट्रोल गर्ने हो भने बजारले काम गर्न सक्दैन । कन्ट्रोल गर्ने, नियमन गर्ने हो भने तरलता दिनुपर्यो । तरलतामा कन्ट्रोल भएन, कर्जाको परिणाममा कुनै हस्तक्षेप भएन तर ब्याजदरमा हस्तक्षेप गर्ने हो भने त्यसले सहजकाम गर्न पाउँदैन ।

यस्तो बेला बढी प्रतिफल दिने उद्योग, व्यवसाय, परियोजनामा वित्तीय स्रोतको बाँडफाँट भएको हो भने आर्थिक वृद्धि उच्च हुन्छ । ब्याजदरमा हस्तक्षेप गरेर काम गर्न दिइएन भने तजबिजका आधारमा काम गर्नुपर्ने हुन्छ ।

परिणामलाई हेर्ने र कसलाई कर्जा दिने, कसलाई नदिने भनेर हेर्नुपर्ने हुन्छ । त्यो चूनौतीपूर्ण हुन्छ । त्यसले राम्रो प्रतिफल दिँँदैन । जहिले पनि बजारदरलाई साथमा लिएन भने समस्या हुन्छ । वित्तीय र आर्थिक समस्या चुँलिन सक्छ ।

बजारमा उत्प्रेरणा दिनुपर्छ । त्यो भनेको ब्याजदर हो । त्यसले लाभ पनि दिन्छ । यो लाभसँग जोडिने विषय हो । यस्तै अवस्था हो भने अर्थतन्त्र, वित्तीय क्षेत्र गतिशिल बन्दैन । वित्तीय क्षेत्रलाई गतिशिल बनाउन आवश्यक छ ।

राष्ट्र बैंक बजारको दबाबमा पर्नु हुँदैन । अहिले एकल अंकको ब्याजदर राख्नुपर्ने उधोगीहरूको नारा छ । त्यसको दबाबमा अहिलेको अवस्था आएको हुन सक्छ ।

यसले समग्र अर्थतन्त्र गतिहीनतातर्फ जान सक्छ । ब्याजदर नियन्त्रण गर्ने हो भने पुँजी पलायन हुन सक्छ । पुँजी बाहिर जान सक्छ । घर जग्गा जस्ता अनुत्पादक क्षेत्रमा जान सक्छ । यसले गर्दा अनौपचारिक वित्तीय बजार बढ्न सक्छ । हामी वित्तीय क्षेत्रलाई गतिहिनता तर्फ डोर्याउँदै छौं ।

नेपालका उद्योग व्यवसायमा यही माग छ । यो माग जायज पनि छ । अरु उपायमार्फत् यो माग पूरा गर्न सहयोग गर्नुपर्छ । वित्तीय क्षेत्र गतिशिल बनाउने हो भने बजारलाई आफ्नै लयमा काम गर्न दिनुपर्छ ।

ब्याजदरले काम गरेन, ब्याजदर पुँजी परिचालनको माध्यम भएन भने मुलुकमा यथोचित पुँजी परिचालन हुँदैन । त्यसैले अहिले वित्तीय क्षेत्र डेडलकको स्थितीमा जान सक्ने खतरा बढेको छ । महिनैपिच्छे सर्कुलर जारी गर्ने हो भने नीतिगत अस्थिरता आउन सक्छ ।

राष्ट्र बैंकले एक महिनाअघि १० प्रतिशत भनेको थियो । एक महिनापछि औसत हो भनेको छ । अबको करिब एक सातापछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउँदैछ । अबको ४र५ दिनमा के हुन्छ त्यसका आधारमा अर्को कुरा गर्ने हो भने नीतिगत अस्थिरता हुनेछ ।

नीतिगत स्थिरता हुने हो, बजारलाई काम गर्न दिने हो, वित्तीय क्षेत्रलाई गतिशिल बनाउन के गर्नुहुन्छ, के गर्नु हुँदैन भन्ने कुरामा ख्याल गर्नुपर्छ । वित्तीय क्षेत्र गतिशिल नभइ अर्थतन्त्र गतिशिल हुँदैन ।
अहिले तरलताको विषय उठेको छ । यसको एउटा उपाय ब्याजदर हो । ब्याजदरलाई नै कन्ट्रोल गर्ने हो भने त्यो प्रत्यक्ष हस्तक्षेप हो ।

himalayan life insurance
igi long