सगरमाथा इन्स्योरेन्सको नाफा १०.८८ प्रतिशतले बढ्यो

काठमाडौं । सगरमाथा इन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा १०.८८ प्रतिशत ले बढेर ६ करोड १७ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बिमा कोष ६४.०३ प्रतिशत ले बढेर १ अर्ब ८ करोड १३ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ थियो ।
एक वर्षको अवधिमा खुद बिमा शुल्क १०.०७प्रतिशत ले बढेर ३९ करोड ४२ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी २२ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ०९ पैसा छ ।