stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गरिमा र सहारा विकास बैंकको एकीकृत कारोबार सुरु चुक्ता पुँजी रु. ३.९४ अर्ब

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंक  र सहारा विकास बैंकको एकीकृत कारोबार आज कात्तिक २८ गतेबाट सुरु भएको छ । काठमाण्डौं जिल्लाको काठमाडौं महानगरपालिका  लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकासमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ९ मा केन्द्रीय कार्यालय रहेको साविक सहारा विकास बैंक प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडका नामबाट एकीकृत कारोबार सुरु भएको छ।

प्राप्ति पश्चात गरिमा विकास बैंकको जारी तथा चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५।०८ पुगेको जनाइएको छ। प्राप्ति पश्चात बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा तथा एक्टेन्सन काउन्टर सहित १११ वटा शाखा कार्यालय हुनेछ।

प्राप्ति प्रश्चात बैंकले सेयरधनी, सेवाग्राही, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाको सन्तुष्टिमा गुणात्मक वृद्धि भई समाजमा बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ दरिलो बन्दै जाने विश्वास लिएको सो विकास बैंकले जनाएको छ।

आज सर्लाही जिल्ला मलंगवामा आयोजित एकीकृत कारोबार शुभारम्भ समारोहमा प्रदेश नं २ का महिला वालवालिका एवं युवा तथा खेलकुद मन्त्री माननीय वीरेन्द्रप्रसाद सिंहबाट उदघाटन गरेका थिए।

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले उपस्थित सम्पूर्णमा स्वागत गरेका थिए भने सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए।

साविक सहारा विकास बैंकका अध्यक्ष सुगन्धकुमार गुप्ताले सम्पूर्ण सेयरधनी, कर्मचारी तथा सरोकारवाला लगायत सम्पूर्णको मद्दतले प्राप्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा धन्यवाद दिएका थिए।

prabhu mahalaxmi
kumari