citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय वाणिज्य बैंकले नेपाल आयल निगमका कर्मचारीलाई बिना धितो रु. १५ लाखसम्म कर्जा दिने सहमति

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगम लिमिटेड बीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आज आइतबार एक सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका नि। कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाइएको छ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ। हाल बैंकको आधार दर ५।४१ प्रतिशत रहेको छ।

सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ। यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको निगमले जनाएको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज बस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका नि. निर्देशक सुषमा कुमारी कर्णलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको जनाएको छ।

IME Life
kumari