stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बैंकमा एउटै समयमा २५ जना भन्दा बढी ग्राहक छिर्न नपाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, ९चैत्र २०७६
काठमाडौं । कोरोना भाइरसको त्रास बढ्न थालेपछि नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको छ । बैठकले बैंकहरुलाई ‘एड्भाइजरी’ जारी गर्दै ‘ब्याक अफिस’ का कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । साथै, माथिल्ला तहका कर्मचारीलाई पनि आवश्यक व्यवस्थापन मिलाएरु बिदा दिन सुझाव दिएको छ । ब्याक अफिसमा बस्दा पनि कार्यालय नआई नहुने कर्मचारीलाई सिफ्टमा काम लगाउने निर्णय गरेको छ ।
ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीका लागि स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ । घरबाट काम गर्न मिल्ने कर्मचारीलाई घरमै बसेर काम गर्ने सुझाव दिएको छ ।

सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने निर्देशन दिइसकेको छ । यो सँगै संघले पनि बैंकमा एकै समयमा २५ जनाभन्दा बढी ग्राहक छिर्नमा रोक लगाउने निर्णय गरेको हो । संघले कार्यालय प्रवेश गर्नुअघि ग्राहकलाई स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न लगाउने निर्णय पनि गरेको छ ।

संघले प्रमुख कार्यकारी अधिकृत (सीइओ), डेपुटी सीइओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु एउटै भवनमा बसेर काम गर्न नपाउने निर्णय गरेको छ । संघले उच्च तहका कर्मचारी एकै ठाउँमा हुँदा एकै पटक संक्रमित हुन सक्ने भन्दै सावधानीका लागि छुट्टाछुट्टै भवनमा बसेर काम गर्न सुझाव दिएको हो । यद्दपि, यो मध्ये महत्वपूर्ण निर्णयहरु बैंकहरुको सञ्चालक समितिको बैठक बसेपछि मात्रै टुंगो लाग्ने एक बैंकर्सले बताए ।

prabhu mahalaxmi
kumari