stcnepal long ad
global ime bank long

अत्यावश्यक सेवाहरू खुला रहने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाण्डौ । सरकारले आज चैत ९ गतेवाट २१ गते सम्म अत्यावश्यक सेवा वाहेकका सबै सेवा बन्द गरेको भएपनि अत्यावश्यक सेवा अन्तगत पर्ने सेवा भने खुला भएका छन् । नेपाल राजपत्रमा उल्लेख भएका यी अत्यावश्यक सेवाहरु खुला रहेका छन् ।
१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको रेखदेख त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८.आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९.खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०.पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११.पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२.अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३.फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू ( खाद्यान्न, दाल चामल, नुन, तेल )को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

IME Lifesidebar
kumari