sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

मंसिर २ गते नेपाल बंगालदेश बैंकको २७ औ वार्षिक साधारणसभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी मंसिर २ गते नेपाल बंगलादेश बैंकले २७ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकले केन्द्रिय कार्यालयमा अनलाइन माध्यमबाट साधारणसभा गर्ने भएको हो ।

बंगलादेशको आईएफआईसी बैंक बाहिरिए सँगै बैंकले सर्वसाधारण समुहबाट तीन जना र संस्थापक समुहबाट तीन जना सहित ६ सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सहित अहिले प्रस्तावित बोनश शेयर पनि बिक्री गरेर बाहिरिदै छ । साधारणसभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।

बैंकले एकमुष्ठ रुपमा ४ करोड १२ लाख ४६ हजार कित्ता शेयर बिक्री गरेर बाहिरिने छ । उक्त साधारणसभाले बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.५० प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ ।

बैंकले प्रस्ताव गरेको लाभांश कार्तिक १४ गतेसम्म कायम शेयरधनीहरुले पाउने छन् । साधारणसभा प्रयोजनका लागि कार्तिक १५ गते एक दिन बुक क्लोज हुने छ ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ ।

prabhu bank
nawakantipur long