sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  बिजुलीको नयाँ महसुल दर मङ्सिर १ गतेदेखि लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।
मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जानकारी दिनुभएको छ ।

मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, मन्त्री भुसालले भन्नुभयो, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ । ” उहाँले सरकारले साझा यातायात मार्फत ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि
जानकारी दिनुभयो ।

पम्फा भुसालले नेपालले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्वच्छ ऊर्जा प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । पछिल्लो समय असामयिक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको र ती पनि जलवायु परिवर्तनका असर रहेको भन्दै मन्त्री भुसालले यसको न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनु पर्ने औँल्याउनुभयो ।

विद्युतीय तीन पाङ्गे्र सवारी साधन ट्रियो मोटर्सको अनावरणका सिलसिलामा उहाँले यातायात, भान्सा, सिँचाइ तथा उद्योगहरूमा स्वच्छ ऊर्जाको बिजुलीको खपत बढाउने गरी आफूले प्राथमिकता सहित काम गरेको बताउनुभयो ।

भान्सामा विद्युतीय चुलो, सडकमा विद्युतीय सवारी साधन, सिँचाइमा सहुलीयतपूर्ण दरको बिजुली उद्योगहरूलाई चाहिएजति बिजुली दिन आफूले विशेष चासो दिएर विद्युत् महसुल सस्तो बनाउने र खपत प्रवद्र्धन गर्ने काम गरेको उहाँको भनाइ थियो ।

gold
prabhu bank
nawakantipur long